२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईसीयुका बिरामी र उनको उपचारमा संलग्न दुई चिकित्सकलाई कोरोना पुष्टि

आईसीयुका बिरामी र उनको उपचारमा संलग्न दुई चिकित्सकलाई कोरोना पुष्टि


भरतपुर–चितवनको भरतपुरस्थित एक निजी अस्पतालको आईसीयुमा रहेका बिरामी र उपचारमा संलग्न दु्ई चिकित्सकलाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालको आईसीयुमा उपचाररत ६८ वर्षीय पुरुष र उनको उपचारमा संलग्न २४ र ३८ वर्षीय चिकित्सकमा कोभिड १९ पुष्टि भएको हो

भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिरामी र चिकित्सक तीनै जनामा कोभिड-१९ पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

सोमबार चितवनको भरतपु्र प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोभिड-१९ पुष्टि भएको हाे । जसमा १७ जना चितवन र ३ जना नवलपरासीका रहेका छन् ।


प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये झापा ६ जना, सुनसरी १ जना, मोरङ ९ जना रहेका छन् । यस्तै, कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये झापाका ३ जना, पाँचथर १ जना र सप्तरी ६ जना रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

यस्तै, प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजाका १ र कास्की १ गरी २ जनामा कोभिड–१९ पुष्टि भएको छ ।

यस्तै, वीरगन्जस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये पर्साका ८ जना, बारा ७ जना र रौतहट ४ जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । उनीहरु ४ जना नै दाङका रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमा १ जना बाँके र बर्दियाका १८ जनामा रहेका छन् ।

सुर्खेतस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमा दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना रहेका छन् ।

यस्तै, रुपन्देही प्रयोगशालामा गरिएको परीक्षणमा ६५ जनामा कोभिड–१९ पुष्टि भएको हो । जसमध्ये अर्घाखाँची ३१ जना, गुल्मी १ जना, कपिलवस्तु १७ जना, नवलपरासी २ जना, पाल्पा १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना रहेका छन् ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु ७ जना, महोत्तरी १२ जना, रौतहट ७ जना, सर्लाही १०६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ