२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २ सय ७८मा कोरोना पुष्टी

थप २ सय ७८मा कोरोना पुष्टी


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २७८ जना नयाँ संक्रमित थपिएको जनाएको छ। जसमा ११ महिला २ सय ६७ पुरुष रहेका छन् ।

मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो समय थपिएका २ सय ७८ सहित जम्मा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये सुनसरीका ८ जना, झापाका १ र मोरङका ६ जना रहेका छन्।

त्यस्तै, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये रुपन्देही सैनामैना नगरपालिकाका १८ जना, नवलपरासी पश्चिमका २ जना, अर्घाखाँचीका एक जना र पाल्पाका एक जनामा संक्रमण पुष्टि भएको छ।

हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा सिन्धुलीका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाराका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। गण्डकी प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ। धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टी भएको छ। जसमध्ये भोजपुरका ५, झापाका १, सुनसरीका १३ जना रहेका छन्।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टी भएको छ। जसमध्ये रामेछापका १७ र काभ्रेका ५ जना रहेका छन्।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १० जनाम संक्रमण पुष्टी भएको छ।

त्यस्तै, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ४, अछामका १, बझाङका १ र डडेलधुराका ५ जनामा संक्रमण पुष्टि भएको छ।

यता, दैलेखका  ९० जना, जुम्लाका ३ जना, हुम्ला, रामेछाप, दोलखा र गोरखाका गरेर ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुर्खेत र दाङका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, महोत्तरीका १७ जना र रौतहटका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका १, धनुषाका ४ कपिलवस्तुका ४४ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंको निजि अस्तालमा उपचाररत गुल्मीका एक जना र वीर अस्पतालमा उपचाररत कास्कीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ