२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाल्पामा कोरोनाबाट मृत्यु भएका व्यक्ति ५ दिनअघि भारतबाट आएका थिएँ

पाल्पामा कोरोनाबाट मृत्यु भएका व्यक्ति ५ दिनअघि भारतबाट आएका थिएँ


काठमाडौं—पाल्पामा कोभिड—१९ संक्रमणबाट मृत्यु भएका व्यक्ति ५ दिनअघि भारतबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको ५ दिनअघि भारतबाट आएको ‘ट्राभल हिस्ट्री’ भएको जानकारी दिएका हुन् ।

पाल्पाको पूर्व खोला गाउँपालिकाका ४५ वर्षीया ती पुरूषलाई स्थानीय क्वारेन्टाइनमा रहेका बेला स्वास्थ्यमा गडबडी, श्वासप्रश्वास सम्बन्धित समस्या आएपछि तीन दिनअघि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार भैरहेका बेला २० जेठमा उनको मृत्यु भएको थियो ।

कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको कोरोना पोजेटिभ आएको हो । बिहीबार उक्त स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यससँगै नेपालमा कोभिड—१९ बाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ