२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल अनिश्चितकालको लागि बन्द

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल अनिश्चितकालको लागि बन्द


काठमाडौं–काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलका तीन जना स्वास्थ्यकर्मीमा कोभिड-१९ पुष्टि भएसँगै अस्पताल अनिश्चितकालको लागि बन्द भएको छ ।

कलेजले विज्ञप्ती जारी गरी आकस्मिकलगायतका सबै विभागमा संक्रमण निर्मुलीकरण गर्नुपर्ने भएको भन्दै तत्काललाई सबै सेवा बन्द भएको जानकारी गराएको हो ।

‘अस्पतालका दुई जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोभिड-१९ पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिकोणले हाललाई यस अस्पतालबाट प्रवाह हुने आकस्मिकलगायतका विभागहरुमा निर्मुलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ