२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमित स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति स्वास्थ्य राज्यमन्त्रीको चासो

कोरोना संक्रमित स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति स्वास्थ्य राज्यमन्त्रीको चासो


काठमाडौँ – कोरोना संक्रमणमा परेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्यप्रति स्वास्थ्य राज्यमन्त्री नवराज रावतले चासो व्यक्त गरेका छन् । उनले मंगलबार देशका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका संक्रमित स्वास्थ्यकर्मीहरुलाई टेलिफोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अहिले १० जना भन्दा बढी स्वास्थ्यकर्मीहरु आइसोलेसनमा छन् । तर कतिपयसँग फोन सम्पर्क  हुनसकेन । सात जनालाई मन्त्री रावत आफैले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेको राज्यमन्त्रीका स्वकीय सचिव भीमराज सिंहले बताए ।

‘महामारीको बेलामा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्नु सरकारको दायित्व हो । कोरोनाको उपचार तथा रोकथामका लागि खटिएका उहाँहरु आफै संक्रमणमा पर्नु भएको छ ।’ ,राज्यमन्त्री रावत, ‘यस्तो बेलामा सिंगो सरकार उनीहरुको साथमा छ । मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट मैले चासो राखेँ र स्वास्थ्यलाभको कामना समेत गरेँ । केही स्वास्थ्यकर्मी साथीहरुसंग चाहेर पनि सम्पर्क हुन् सकेन् ।’

टेलिफोनमा राज्यमन्त्री रावतले स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट मुक्त भएपछि आफ्ना अनुभवको आधारमा अन्य संक्रमितहरुलाई काउन्सिलिङ गर्न समेत सहयोग हुने बताएका थिए । राज्यमन्त्रीबाट स्वास्थ्यको चासो लिएको पाएपछि स्वास्थ्यकर्मीहरु खुशी देखिएका थिए । ‘अप्रत्यासित रुपमा टेलिफोन गर्नु भयो । यसले हामी पनि अचम्म भएका छौँ । फोन मात्रै आउँदा पनि हामीलाई साच्चिकै अभिभावक आएको जस्तो भान भयो । कम्तिमा सम्झ्यो । यसमा खुसी छु ।’ ,संक्रमित एक जना स्वास्थ्यकर्मीले भनिन् ।

नेपालमा अहिलेसम्म डेढ दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमणमा परेका छन् । उनीहरुमध्ये कतिपय कोरोना जितेर अस्पतालबाट डिस्चार्ज समेत भएका छन् । संक्रमित हुनेहरुमा नर्स, अहेव, एचए, ल्याव असिस्टेन्ट, चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ