२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँमा ४ स्वास्थ्यकर्मी सहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कट्यो २ हजार

काठमाडौँमा ४ स्वास्थ्यकर्मी सहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कट्यो २ हजार


काठमाडौं— नेपालमा थप २८८ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।

प्रवक्ता देवकोटाकाअनुसार संक्रमित हुनेहरुमा रौटहटका ३८ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका गरेर १७ जना, स्याङ्जा चापाकोटका ५ जना, सप्तरी रामगढका १ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, बर्दिया गुलरियाका ३ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना रहेका छन् ।

त्यस्तै, भक्तपुर चाँगुनारायणका १ जना, काठमाडौँ मेडिकल कलेज, काठमाडौँका ४ स्वास्थ्यकर्मी, अछामका १० जना, बाराका १ जना, दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। जसमध्ये २ सय ६६ जना डिस्चार्ज भएका छन्। आज थप ४५ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेमा प्रदेश नम्बर १ का ४८ जना, प्रदेश नम्बर २ का १ सय ४ जना, बागमती प्रदेशका ३० जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश नम्बर ५का ७४ जना र सुदूरपश्चिम प्रदेशका ६ जना रहेका छन्।

पछिल्लो १० दिन यता संक्रमणको संख्या तीव्ररुपमा बढिरहेको प्रवक्ता डा. देवकोटाले बताए । मुलुकभर गरेर हाल ६१जिल्लामा संक्रमण पाइएको छ।

त्यस्तै, मृत्यु हुने संक्रमितको संख्या ८ रहेको छ। अहिलेसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी एक महिला, बाँकेमा, गुल्मीमा, बाराका गरेर ३ जना पुरुष, बाजुराकी एक बालिका, ललितपुरका एक पुरुष, अर्घाखाँचीका एक वृद्ध र दैलेखका १ पुरुष गरी ८ जना रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ