२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्स तनुजा रहस्यमय मृत्यु प्रकरणः पक्राउ परेका तामाङलाई २५ दिन म्याद थप

नर्स तनुजा रहस्यमय मृत्यु प्रकरणः पक्राउ परेका तामाङलाई २५ दिन म्याद थप


विराटनगर—मोरङ उर्लाबारी घर भएर तेह्रथुमको मेन्छयायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत २४ वर्षीया नर्स तनुजा कार्कीको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका एक युवालाई प्रहरीले २५ दिन म्याद थप गरी अनुसन्धान सुरू गरेको छ । प्रहरीले पक्राउ गरेका नुवाकोटको तारकेश्वर गाउँपालिका—६ का ३७ वर्षीय खम्बसिंह तामाङलाई जिल्ला अदालत तेह्रथुमबाट म्याद थप गरी अनुसन्धान सुरू गरेको हो ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत तेह्रथुममा अपहरण, शरीर बन्धक तथा आत्महत्या दुरुत्साहनमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

नर्स कार्कीको तेह्रथुमको सदरमुकाम म्याङलुङ बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलको कोठा भित्र गत १३ जेठमा झुण्डिएको अवस्थामा शव फेला परेकी थिइन् । १२ जेठमा इदको सार्वजनिक विदा भएपछि तनुजा तामाङको मोटसाइकलमा चढेर म्याङलुङ गएका खुलेको छ ।

१३ जेठमा बिहान दुवैले सँगै खाना खाएर तामाङ काममा गएको र कार्की कोठामा नै रहेकी थिइन् । साँझ ४ बजे तामाङ आएपछि उनले ढोका नखोलेपछि झ्यालबाट हेर्दा सलको पासो लगाएर झुण्डिएको अवस्था शव फेला परेको थियो । पक्राउ परेका तामाङ विवाहित हुन् भने मृतक कार्की अविवाहित हुन् । तामाङ ठेकेदार रहेको प्रहरी जनाएको छ । तामाङले मेन्छयायेम गाउँपालिकाको स्वास्थ्य चौकीको भवन निर्माणमा ठेक्का लिएका थिए ।

मेन्छयायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा २ वर्षदेखि अनमीका रुपमा कार्यरत तनुजासँग एक वर्षअघि तामाङको चिनजान भएको बुझिएको छ । स्वास्थ्यचौकीको ठेक्का लिने क्रममा उनीहरूबीच चिनजान भएपछि रिलेसनसीपमा रहेको खुलेको छ ।

मृतकका आफन्तले तनुजाका रहस्मय मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । कार्कीको रहस्यमय मृत्युमा तामाङको संलग्न रहेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीको गर्न मृतकका दाजु रोविन कार्कीले माग गरेका छन् ।

के छ कानुनी व्यवस्था ?

मुलुकी फौजदारी संहिता २०७४ परिपेच्छ १८५ को १ बमोजिम आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थितीमा खडा गर्नेलाई पाँचसम्म वर्ष कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना गर्ने व्यवस्था छ । यो प्रकरणमा तनुजालाई आत्महत्या गर्नुअघि तामाङले आत्महत्या गर्न बाध्य बनाएको पुष्टि भए उक्त सजायको व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ