२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेशनल मेडिकल कलेजमा कोरोना मृत्यु प्रकरण : छानविन टोली काठमाडौँ फर्कियो

नेशनल मेडिकल कलेजमा कोरोना मृत्यु प्रकरण : छानविन टोली काठमाडौँ फर्कियो


काठमाडौँ – कोरोना संक्रमितको पिसिआर परीक्षणको रिपोर्ट नआउँदै शव परिवारजनलाई जिम्मा लगाएको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जमाथि  छानविन गर्न गएको स्वास्थ्य मन्त्रालयको टोली काठमाडौँ फर्किएको छ । उक्त टोली सोमबार काठमाडौँ फर्किएको हो ।

गत जेठ ४ गते बारा, करैयामाई गाउपालिका ७ निवासी ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । जेठ २ गते अस्पताल भर्ना भएका उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या थियो । निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा उनको मृत्यु भएको थियो । कोरोना जाँचका लागि केन्द्रिय प्रयोगशाला टेकु पठाएपनि रिपोर्ट नआउँदै अस्पतालले शव परिवारको जिम्मा लगाएको थियो ।

जेठ ४ गते स्वाब संकलन गरे पनि रिपोर्ट ९ दिनपछि आएको थियो । प्रयोगशाला परीक्षणमा कोरोना पुष्टि भएपछि विवाद सुरु भएको हो । सो समयमा परिवारले शवको अन्तेष्टि समेत गरिसकेका थिए । सोही घटनालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक मोहमद दाउदको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धानका लागि वीरगञ्ज पठाएको थियो ।

टोलीमा सहभागी एक अधिकारीकाअनुसार टोलीमा मोहमद दाउद, नेपाल मेडिकल काउन्सिल, समाजिक विकास मन्त्रालय प्रदेश २, जिल्ला प्रशासन कार्यालय पर्सा, नारायणी अस्पताल वीरगंज र स्वास्थ्य कार्यालय पर्साका १–१ जना प्रतिनिधि सहभागी छन् ।

टोलीले प्रारम्भिक चरणमा नारायणी अस्पताल तथा नेशनल मेडिकल कलेजका चिकित्सक तथा व्यवस्थापन पक्षसँग सोधपुछ गरी लिखित रुपमा जवाफ मागेको छ । साथै आफुले पनि गहन अध्ययन अनुसन्धान गरेर टोली फर्किएको छ ।  चाँडो प्रतिवेदन बुझाउने बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ