२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा थप १२२ जनामा देखियो कोरोना संक्रमण

एकैदिनमा थप १२२ जनामा देखियो कोरोना संक्रमण


काठमाडौं—एकैदिन थप १२२ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ ।  प्रदेश २ मा ६० जना, कर्णाली प्रदेशमा ५९ र गण्डकी प्रदेशमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेशको २ का थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ का ३ वटा जिल्लामा आज थप ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । धनुषा, रौतहट र सर्लाही गरी ६० जनामा थप कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्दा ६० जनामा थप देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ । प्रयोगशालाका अनुसार रौतहटमा २९ जना, धनुषामा २१ जना र सर्लाहीमा १० जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएकासँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय १३ जना पुगेको छ ।

त्यसैगरी, हिजो साँझ ९ बजेको कर्णाली प्रदेशका स्वास्थ्य निर्देशनालयको रिपोर्टअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका १४ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेखको दुल्लु नगरपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै, कालिकोटमा शुभकालिका गाउँपालिका र महावै गाउँपालिकाका १७ जनामा पनि कोरोना पुष्टि भएको छ । बाजुराको जुजनाथ ५ का एक जना व्यक्तिमा पनि कोरोना देखिएको छ ।

यसैगरी प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको छ भने सुर्खेत बराहतालकी एक ४ वर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।

गण्डकी प्रदेश निर्देशनालयकाअनुसार स्याङजा र तनहुँ गरी ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा स्याङजाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ जना पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २८ वर्षका एक पुरुषमा पनि कोरोना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ