काठमाडौं -कणार्ली प्रदेशका तीन जिल्लामा थप ५९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश प्रयोगशाला सुर्खेतामा परीक्षण गर्दा कालिकोट, र दैलेखका गरी ३७ जना पुरुषमा कोभिड पुष्टि भएको हो ।
कोभिड पुष्टि हुनेहरुमा कालिकोटको शुभकालीका गाउँपालिका वडा नं. ५ का ११ जना पुरुषमा रहेका छन् । जसमा १९,२१, २२,२४,३५,२२,२०, १९,५०,२६ वर्षीय पुरूष र ४० वर्षीया महिला रहेका छन् । त्यसैगरी शुभकालीका ४ का २०, २२ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
कालिकोटकै कालिकोट महावै गाउँपालिका का ५ जनामा कोरोना पुष्टि भएको छ । जसमा वडा नम्बर ४ का २२ वर्षीय पुरुष, २ का २१ र ४२ वर्षीय पुरुष र वडा नम्बर ७ का ३३ र ५२ वर्षीय पुरुष रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमानै परिक्षण गरीएका दैलेखका थप १७ जनामा कोभिड-१९ पुष्टि भएको छ । जसमा शनिबार दैलेख दुल्लु नगरपालिका ११ मा रहेको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ ।
अन्य संक्रमितमा दैलेख नारायण नगरपालिका ३ का ४८, १६,१९ र २९ वर्षीय पुरुष र वडा नम्बर ५ का ३५, १८,२४ र २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै दैलेख सादीका २२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
संक्रमण देखिनेहरुमा दैलेख देवाल १८, २०,२०,२२,२२ वर्षीय पुरुष, सिमादा का २६ वर्षीय र रातापानीका ३८ वर्षीय पुरुष रहेका छन् ।
प्रतिष्ठानमा जाँच गरिएका १ जना जुगनाथ ५ बाजुराका ४० वर्षीय पुरुष समेत रहेका छन् ।