२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३२ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

थप ३२ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो


काठमाडौं-नेपालमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना, रुपन्देहीमा ८ जना, काठमाडौं, बारा र चितवनमा थप १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थ्रोट स्वाब परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ जना पुरुष र एक जना महिला रहेका छन् । यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिला र काठमाडौंका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै, भैरहवास्थित प्रादेशिक प्रयोशालामा गरिएको परीक्षणमा रुपन्देही गैदहवा र रोहिणी गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवन भरतपुर ६ जनाका ५२ वर्षीया एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार थप ३२ जनामा कारोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ