२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपिलवस्तुमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर फर्किएका थिए कोरोना संक्रमित चिकित्सक

कपिलवस्तुमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर फर्किएका थिए कोरोना संक्रमित चिकित्सक


काठमाडौं—स्वास्थ्य सेवा विभागअन्तर्गत ‘कन्ट्याक्ट ट्रेसिङ’ मा खटिएका एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । छात्रवृत्तिमा एमबीबीएस अध्ययन सकेर नेपाल सरकारको करारमा काम गरिरहेका ती चिकित्सकमा कपिलवस्तुबाट फर्केलगतै कोरोना संक्रमण देखिएको हो ।

स्रोतकाअनुसार कन्ट्याक्ट ट्रेसिङमा कपिलवस्तु गएका बेला उनमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ सकेर फर्केपछि उनी क्वारेन्टाइनमा बसेका थिए ।

सोही क्रममा उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । कोरोना पोजेटिभ देखिएलगतै उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

एक जना चिकित्सकमा कोरोना देखिएको स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले पनि पुष्टि गरे । ‘एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने, ‘सबै विवरण भने आइसकेको छैन् ।’

नेपालमा पहिलो पटक चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । यसअघि ३ जना नर्स र एक जना फर्मासिष्टमा कोरोना पोजेटिभ देखिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ