२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ पुष्टि भएका बाँकेका ४७ जना एकै गाउँका

कोभिड—१९ पुष्टि भएका बाँकेका ४७ जना एकै गाउँका


काठमाडौं–बाँकेमा सोमबार कोभिड—१९ संक्रमण पुष्टि भएका एउटै क्वारेन्टाइनमा बसेकाहरु रहेको पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाका अनुसार संक्रमित ४७ जना नै नरैनापुर भोजभगवानपुर स्थित दीपेन्द्र माविको क्वारेन्टाइमा रहेकाहरु हुन् ।

सो क्वारेन्टाइनमा रहेका २५ वर्षीय एक युवकको आइतबार विहान मृत्यु भएको थियो । शुक्रबार नै लिएको थ्रोट स्वाव परीक्षणपछि उनमा कोभिड—१९ पेजेटीभ देखिएको थियो ।

२ सय २६ जना रहेको सो क्वारेन्टाइनमा रहेका मृतक युवासहित ४८ जनामा कोरोना पुष्टी भइसकेको छ । ‘सो क्सावारेन्टाइनमा रहेका ४८ जनामा कोभिड—१९ पुष्टि भइसकेको छ,’ डा. थापाले हेल्थ आवाजसँग भने ‘अझै परीक्षण गर्न बाँकी नै छ, केसहरु थपिने निश्चित प्राय छ । ’

सोमबार थपिएका संक्रमितहरुलाई कहाँ लगेर राख्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । सो क्वारेन्टाइनमा रहेका सबै लकडाउनपछि भारतीय नाका बागौडाबाट नेपाल सरकारको आदेशमा स्थानीय पालिकाले उद्धार गरेको ल्याएको थियो । उनीहरु सबै नरैनापुर गाउँपालिकाका रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ