२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, मोरङमा २ जनामा संक्रमित थपिए

धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, मोरङमा २ जनामा संक्रमित थपिए


काठमाडौं—नेपालमा आइतबार थप दुई जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार धनकुटामा १ जनामा र मोरङमा २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पहिलो पटकमा कोरोना देखिएको धनकुटामा ३४ वर्षीय महिलामा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ । यस्तै, मोरङको विराटनगरमा २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेका छन् ।

धनकुटामा कोरोना संक्रमण देखिएकी ३४ वर्षीय महिला स्वास्थ्यकर्मी हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ