२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगञ्जमा एक औषधी विक्रेता पनि कोभिड—१९ संक्रमित

वीरगञ्जमा एक औषधी विक्रेता पनि कोभिड—१९ संक्रमित


वीरगन्ज–पर्साको वीरगञ्जमा एक फर्मासिस्ट (औषधी बिक्रेता)लाई पनि कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टी भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वाब परीक्षण गर्दा वीरगञ्जको विर्ता क्षेत्रमा औषधी पसल संचालन गर्दै  आएका २८ वर्षीय युवक कोभिड—१९ संक्रमित भएको पुष्टी भएको हो ।

शुक्रबार वीरगञ्जमा थप दुई जनामा कोभिड—१९ पुष्टी भएको थियो । औषधी पसल गर्ने युवकसँगै अर्का २९ वर्षीया सुरक्षाकर्मीमा पनि कोभिड—१९ संक्रमण देखिएको हो । उनीहरु दुवै जनालाई गौतम वुद्ध कोभिड-१९ क्वारेन्टाइनमा राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ