२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिलाको मृत्युको कारण खोज्न कोभिड—१९ नियन्त्रण इन्चार्ज डा. लाेहनीको टोली धुलिखेलमा

महिलाको मृत्युको कारण खोज्न कोभिड—१९ नियन्त्रण इन्चार्ज डा. लाेहनीको टोली धुलिखेलमा


काठमाडौं—धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि त्यसको ‘कज अफ डेथ’ पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले टोली खटाएको छ ।

स्वास्थ्य मन्त्रालयको कोभिड—१९ नियन्त्रणका लागि बनाइएकोे इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा. गुणराज लोहनीको नेतृत्वमा चिकित्सकहरूको टोली धुलिखेल अस्पताल गएको हो ।

सो टोलीले कोभिड—१९ कै कारण मृत्यु भएको हो वा अन्य कारणले हो भनेर अनुसन्धान गर्नेछ । डा. लोहनीले आफ्नो टोली धुलिखेल पुगिसकेको बताउँदैं मृत्युका कारण अनुसन्धान गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती  महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी आएको बताए । उनले स्थिती जटिल भएपछि धुलिखेल अस्पतालमा उपचारमा ल्याउँदैं गर्दा मृत्यु भएको बताए । ‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइरहेका छौं । र, कोभिड—१९ सम्बन्धी थप परीक्षण भैरहेका छन् । परीक्षण र सम्पूर्ण विवरण प्राप्त भैसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा कोभिड—१९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निक्र्यौल गरेर प्रसार गर्नेछ,’ प्रवक्ता डा. देवकोटाले भने ।

बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया ती महिला ९ दिनकी सुत्केरी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएर धुलिखेल अस्पताल ल्याइएकी उनको अस्पतालमा मृत्यु भएको थियो ।

‘श्वास प्रश्वासका कारण उनको मृत्यु भएपछि हामीले उनको थ्रोट स्वाब बिहीबार नै लिएका थियौं । धुलिखेल अस्पतालकै ल्याबमा जाँच गर्दा आज (शनिबार) उनको रिपोर्टमा कोरोना पोजेटिभ देखियो,’  अस्पतालका एक चिकित्सकले भने, ‘नेपालमा पहिलो केस भएको हुँदा थप पुष्टीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका हौं ।’

सिन्धुपाल्चोकको बाह्रबिसेकी ती महिला २३ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन । नर्मल डेलिभरी भएका कारण अस्पतालले उनलाई २५ बैशाखमा डिस्चार्ज गरिदिएको थियो ।

डिस्चार्जपछि दुई दिन काठमाडौंमै बसेर बाह्रबिसे फर्किएकी उनलाई गत बुधबार श्वास प्रश्वासमा समस्या देखिएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्थ्य समस्यामा सुधार नभएपछि बिहीबार उनलाई पुनः एम्बुलेन्समा राखेर शिक्षण अस्पताल ल्याउने क्रममा बाटैंमा स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि धुलिखेल अस्पताल लगिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ