२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ६ वर्षीय बिरामीमा देखियो कोरोना पोजेटिभ

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ६ वर्षीय बिरामीमा देखियो कोरोना पोजेटिभ


काठमाडौं-त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा ६ वर्षीय  ती बिरामीमा कोरोना पोजेटिभ देखिएको हो ।

नाक, कान, घाँटी सम्बन्धी समस्या भएर कपिलवस्तुबाट आएका एक बिरामीमा कोभिड देखिएको अस्पतालको कोभिड-१९ म्यानेजमेन्ट टिमका संयोजक प्रा. डा. सन्तकुमार दासले बताए ।

यसबारेमा धारणा सार्वजनिक गर्न अहिले  शिक्षण अस्पतालको बैठक बसिरहेको अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।  केहीबेरमा अस्पतालले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।

शिक्षणका बिरामीमा कोभिड-१९ को केस देखिएको यो पहिलो घटना हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ