२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाका बिरामीका लागि ३४५ आईसीयु, १४६ भेन्टिलेटर

कोरोनाका बिरामीका लागि ३४५ आईसीयु, १४६ भेन्टिलेटर


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि ३४५ आईसीयु वेड तयार भएका छन् । केस बढ्दै जान थालेपछि देशभरका कोभिड—१९ अस्पतालहरुमा संक्रमितलाई राख्न ३४५ आईसीयु र १४६ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा २६ हजार ९ सय ३० वेड छन् भने ९०९ आईसीयु वेड १ हजार ५ सय ९५ रहेका छन् । यस्तै, देशभर ८ सय ४० भेन्टिलेटर छन् । सरकारले देशभर रहेका आईसीयु र भेन्टिलेटरमध्ये २० प्रतिशत कोभिड—१९ का बिरामीका लागि प्रयोग हुन सक्ने आँकलन गरेको छ । अन्य बाँकी रहेका भने नियमित बिरामीका लागि चाहिने प्रक्षेपण गरेको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार प्रति सय संक्रमितमध्ये २० जनालाई आईसीयुको आवश्यकता पर्छ । त्यसमध्ये ५ प्रतिशतलाई भेन्टिलेटर चाहिन्छ ।

सरकारले कोभिड—१९ पुष्टि भएको साढे तीन महिनामा ३ सय ४५ आईसीयु बेड तयार पारेको हो । अन्य ५६४ आईसीयु बेड भने नियमित रुपमा संचालन हुनेछन् । स्वाथ्य मन्त्रालयले पहिलो चरणमा कोभिड—१९ संक्रमितको उपचार गर्न २५ अस्पताल तय गरेको छ । मन्त्रालयका सह—प्रवक्ता डा. समिर अधिकारीका अनुसार कोरोना संक्रमित व्यक्तिका लागि मात्रै ९७४ आइसोलेसन वेड तयार भएको छ । प्रयोगशाला परीक्षणमा कोरोना पुष्टि भएका तर, स्वास्थ्य अवस्था सामान्य भएका बिरामीका लागि आइसोलेसनमा राखेर लक्षण अनुसार उपचार गरिन्छ ।

कोरोना संक्रमितलाई आईसीयुमा राख्नु परे छुट्टै जनशक्तिको आवश्यकता पर्छ । तर, सरकार समक्ष देशभर २९ जना मात्रै यस्ता क्रिटिकल केयर हेर्ने एनेस्थेसियातर्फका चिकित्सक छन् । सरकारले क्रिटिकल केयर हेर्ने एनेसथेसिया अभाव देखेपछि स्वास्थ्यकर्मीलाई तालिम दिएर क्रिटिकल केयर जनशक्ति ३१७ जना तयार पारेको छ । यता नेपाल मेडिकल काउन्सिलमा केयर हेर्ने एनेसथेसिया ५१० जना दर्ता भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ