२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन थप ७ जनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या १०९ पुग्यो

एकैदिन थप ७ जनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या १०९ पुग्यो


काठमाडौं-एकैदिन थप ७ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोशी अस्पतालको पिसिआर ल्याबमा थ्रोट स्वाब परीक्षण गर्दा उदयपुरका थप ३ जनामा कोरोना पाेजेटिभ देखिएको हो ।

काठमाडौंको जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गर्दा कपिलवस्तुमा ३ जनामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ। यस्तै, वीरगन्जका १ जनामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शनिबार कोरोना पोजेटिभ देखिनेमा उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिला रहेका छन् ।  यस्तै, कपिलवस्तुमा कोरोना पोजेटिभ देखिएका १७, १८ र १८ वर्षका पुरुष रहेका छन् ।

वीरगन्जमा कोरोना पोजेटिभ देखिएका व्यक्ति भने ६२ वर्षका पुरुष छन् । उनी छपकैयाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनकानुसार संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको  स्वास्थ्य सामान्य रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ