२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ बाट मृत्यु भएका व्यक्तिलाई आफन्तले छुन नपाउने

कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिलाई आफन्तले छुन नपाउने


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु भएमा आफन्तले एक मिटर परबाट मात्रै हेर्न पाउने भएका छन् । कोभिड—१९ संक्रमण हुने जोखिमलाई ध्यानमा राखेर कुनै संक्रमितको मृत्यु भए उसका आफन्तले हेर्न चाहेको खण्डमा एक मिटर पर बसेर मात्रै हेर्न पाउने छन् ।

मेडिकल काउन्सिलको टेक्नीकल सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको कोभिड—१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि यस्तो व्यवस्था गरिएको छ । शवलाई कुल धर्मअनुसार नछोइकन परैबाट तिल, पानी छर्कने फूलमाला लगाउन पाइने छ । यस्तो बेला शवलाई कमभन्दा कम चलाउनु पर्नेछ । त्यस्तै शवलाई जति सक्दो चाडो अन्तिम सस्कार गर्ने स्थानमा पु¥याउनु पर्नेछ ।

कोभिड—१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शवको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला परेको छैन । तर, पनि यस्तो रोगबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले निर्देशिका जारी गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् ।

सरकारले ६० वर्षभन्दा माथि र दिर्घरोगका बिरामीलाई शवको नजिक जान रोक लगाएको छ । कोभिड—१९ बाट वृद्धवृद्धा र दिर्घरोगका बिरामीहरु उच्च जोखिममा भएकाले उनीहरुलाई शवको नजिक जान प्रतिबन्ध लगाइएको हो । यो रोगबाट मृत्यु भएको शव जथाभावी सदगत गर्नु हुँदैन् । प्रवक्ता डा. देवकोटाका अनुसार शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरु र सदगदमा सहभागी हुने मृतकका आफन्तले पन्जा, चश्मा, टोपी, मास्कसहितको पिपिई अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ ।

कोभिड—१९ बाट मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नुपर्दैन । यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने भएकाले विशेष होसियारी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । शवलाई एथेष्ट भेन्टिलेसन भएको कोठामा राखी, कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरणको प्रयोग गरेर मात्रै पोष्टमार्टम गर्नुपर्छ । साथै मृतकको कुल धर्मअनुसार शवको सम्मान गर्दै उनका आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ