२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन


काठमाडौं—नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । ७७ वर्षीया राईको सोमबार विहान साढे ७ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीकाअनुसार उनको सोमबार विहान निधन भएको हो । ‘उहाँको अवस्था अलि क्रिटिकल नै थियो, विहान बित्नुभयो,’ डा. सेन्चुरीले भने ।

शान्ता भवन पाटनबाट नर्सिङ पेशा सुरु गरेकी थिइन् । राई शान्ता भवन (हाल ललितपुर) नर्सिङ क्याम्पसको पहिलो नेपाली प्रमुख समेत थिइन् । नेपाल नर्सिङ काउन्सिलकी पूर्व रजिष्ट्रार लक्ष्मी राईकाअनुसार उनी सो क्याम्पको सुरुवाती चरणकी अध्यापक हुन् ।

५७ वर्ष नर्सिङ सेवामा समर्पित भएकी राई ताप्लेजुङमा जन्मिएकी हुन् । उनी मिर्गौला रोगबाट पीडित थिइन् । उनका पिता लाहुरे भएकाले पछि उनी परिवारसहित दार्जिलिङ पुगेकी थिइन् । उनको स्कुलिङ दार्जिलिङमै भएको थियो ।

राईका तीन जना भाइबहिनी थिए । सानैदेखि पढाइप्रति निकै रुची राख्ने राई सुरुमा भागेर स्कुल गएको अनुभव सुनाउथिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ