२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश ५ मा थप एकसहित कोभिड—१९ संक्रमितको संख्या दुई पुग्यो

प्रदेश ५ मा थप एकसहित कोभिड—१९ संक्रमितको संख्या दुई पुग्यो


काठमाडौं—प्रदेश ५ मा कोभिड—१९ आउटब्रेक भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा नेपालगन्जका एक जना र रुपन्देहीको मटिहानीमा अर्का एक जनामा कोभिड—१९ पोजेटिभ पुष्टी भएको हो ।

नेपालगन्ज प्रयोगशालाको पिसीआर परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति नेपालगन्जकै ६० वर्षीय पुरुष हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड—१९ पोजेटिभ देखिएका व्यक्ति रुपन्देहीको मटिहहानीका २५ वर्षीय युवक हुन् । उनीहरु दुवै जना भारतबाट फर्किएका हुन् ।

प्रदेश ५ मा पहिलो पटक कोभिड—१९ आउटब्रेक भएको छ । यसअघि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ संक्रमित बिरामी भेटिएका थिए ।

प्रदेशमा ५ मा दुई जनाका कोभिड—१९ पुष्टी भएसँगै ५९ जना पुगेको छ । जसमध्ये १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ