२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारको कोभिड–१९ नियन्त्रण कोषमा १ अर्ब ९८ करोड

सरकारको कोभिड–१९ नियन्त्रण कोषमा १ अर्ब ९८ करोड


काठमाडौं–सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ जम्मा भएको छ ।

आइतबार मात्र सो कोषमा ४ करोड ७८ लाख १२ हजार १ सय ७९ रुपैयाँ जम्मा भएको छ । जसमा हिमानी ट्रष्टको तर्फबाट मात्र २ करोड जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

शुक्रबार २ करोड ३९ लाख ६० हजार ३ सय ८२ रुपैयाँ सो कोषमा जम्मा भएको थियो ।

सो कोषमा जम्मा भएको रकम देशमा कोभिड–१९ को महामारी रोकथाम, नियनत्रण तथा उपचारका लागि प्रयोग गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले ११ चैत्रबाट कोभिड–१९ नियन्त्रणका लागि भन्दै देशभर लकडाउन गरेको थियो । लकडाउन गरेसँगै रोकथाम नियन्त्रण तथा उपचारका लागि सरकारले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ