काठमाडौं – जटिल अवस्थामा रहेका सरुवा रोगका विरामी उपचारमा संलग्न चिकित्सकमा श्वासका माध्यमबाट सर्न सक्ने संक्रमण कम गर्न राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले ‘मोवाइल भिडियो ल्यारीङ्गोस्कोप’ प्रविधी विकास गरेका छन् । उनीहरुले मोवाइल स्क्रिनमा हेरेर टाढैबाट विरामीको श्वास नलीमा ट्युब हाल्न सक्ने प्रविधीको विकास गरेका हुन् ।
उक्त ‘मोबाइल भिडियो ल्यारीङ्ग स्कोप’ले आइसियु वा मेकानिकल भेन्टिलेटरमा राख्नुपर्ने विरामीको लागि राखिने ट्युब हाल्नको लागि सहज हुने चिकित्सकहरुले दावी समेत गरेका छन् । ‘ ल्यारीङ्गोस्कोप’ को एउटा पोटबाट एउटा केवल ल्याएर मोवाइलमा जोडिन्छ ।’ सो प्रविधि विकास गर्ने टिमका एक सदस्य डा. रोशन भगत चौरसिया भन्छन्, ‘यसले श्वास नलीको अवस्था मोवाइलको स्क्रिनमा देखाउँछ र स्क्रिन हेरेर ट्युब छिराउन सहज हुन्छ ।’
‘कोभिड-१९’ का सम्भावित गम्भीर प्रकारका विरामीलाई लक्षित गरी यो प्रविधीको विकास गरिएको सो टिमका अर्का सदस्य एवम एनेस्थेसियाका चिकित्सक डा. पवन हमाल बताउँछन । विश्वमा ‘ भिडियो ल्यारीङ्गोस्कोप’ प्रविधी भएता पनि महँगो भएका कारण विकल्पका रुपमा मोवाइल ल्यारीङ्गोस्कोप प्रविधी विकास गरेको उनको भनाइ छ ।
‘कोभिड-१९’ का कारण अहिले विश्व बजारमा ‘भिडियो ल्यारिङ्गस्कोप’को माग अत्याधिक छ र पाउनै गाह्रो छ । ’ उनी भन्छन्, ‘हामीसँग भएको श्रोत र साधनको प्रयोग गरी यो प्रविधी विकास गरेका हौ ।’ यो प्रविधीले चिकित्सकलाई रोग सर्ने सम्भावनाबाट बचाउनका साथै विरामीको श्वास नलीमा हुन सक्ने सम्भावित चोटपटकबाट पनि बचाउने उनको भनाइ छ ।
ट्रमा सेन्टरका चिकित्सकहरुले तयार गरेको ‘मोवाइल भिडियो ल्यारीङ्गोस्कोप’ प्रविधी तय गर्न विश्ववजारमा भएको भिडियो ल्यारीङ्गोस्कोप भन्दा ज्यादै सस्तो रहेको छ । टिमका सदस्य तथा सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे विश्ववजारमा ‘भिडियो ल्यारीङ्गोस्कोप’को को मुल्य कम्तीमा एक लाख पर्ने बताउछन् । तर आफुहरुले तयार गरेको ‘मोबाइल भिडियो ल्यारीङ्गोस्कोप’ अस्पतालमा विग्रीएर बसेका ल्यारीङ्गोस्कोपलाई प्रयोग गरी १५ सय पर्ने मोवाइल डाटाकेवलबाट तयार हुने उनको भनााइ छ ।
‘अहिलेको समयमा भिडियो ल्यारीङ्गोस्कोप पाउनै मुस्किल छ पाएपनि कम्तिमा एउटाको एक लाख पर्छ ।’ उनि भन्छन् ‘हामीले तयार गरेको प्रविधीमा विग्रीएका ‘ल्यारीङ्गोस्कोप’, १५ सयको केवल र आफ्नै मोवाइल भए हुन्छ ।’
मेकानिकल भेन्टिलेटरमा राख्नुपर्ने विरामीलाइ ट्युव विरामीको फोक्सोमा पु¥याएपछि भेन्टीलेटरमा जोडी कृतिम श्वास दिइन्छ । नेपालमा अधिकाँश भेन्टिलेटरमा जाने विरामीलाई सिधै ‘ल्यारिङ्ग स्कोप’को मात्र प्रयोग गरी विरामीको मुख नजिकै गएर ट्युब छिराउने चलन रहेको एनेस्थेसीया सोसाइटीका कोषध्यक्ष डा नविन पोख्रेल बताउछन् ।
संक्रमित विरामीको मुख छेउमा गएर ट्युब हाल्दा चिकित्सकहरुलाई रोग सर्ने सम्भावना अधिकतम हुने उनको भनाइ छ । ‘जति संक्रमित विरामीको श्वासको नजिक गयो त्यती रोग सर्ने सम्भावना बढी हुन्छ ।’ उनी भन्छन् ‘टाढैबाट हेर्ने सक्ने प्रविधी भयो भने काम सुरक्षीत र चाँडो हुन्छ । ‘कोभिड १९’ का कारण विरामी भएका ५ देखी १२० प्रतिशत विरामी आइसियु तथा भेन्टिलेटर आवश्यक हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको छ ।