२०८१ पुस १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकामा कोरोना संक्रिमतको संख्या ४ लाखभन्दा बढी

अमेरिकामा कोरोना संक्रिमतको संख्या ४ लाखभन्दा बढी


विश्वभरमा ‘कोभिड-१९’ बाट अहिलेसम्म ८२ हजार मानिसको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १४ लाख पुगेको छ भने ३ लाख दुई हजारभन्दा बढी संक्रमित पुन स्वस्थ भइसकेका छन्। पछिल्लो गणनाअनुसार सबैभन्दा कोरोना प्रभावित १० देश छन्। ती हुन् – अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, इरान, व्रिटेन, टर्की र स्विटजरल्याण्ड।

चीनबाट सुरु भएको कोरोना संक्रमणबाट हाल सबैभन्दा बढी अमेरिका प्रभावित छ। अमेरिकामा मात्रै ४ लाख ५ सय ४९ संक्रमित छन् भने १२ हजार ८ सय ५७ संक्रमितले ज्यान गुमाएका छन्। सबैभन्दा प्रभावित न्युयोर्कमा १ लाख ४० हजार कोरोनाको केस देखिएको छ। मगलबारमात्रै न्युयोर्कमा ८ सय जनाको मृत्यु भएको छ। जोन होपकिंस यूनिभर्सिटीकाअनुसार अमेरिकामा २४ घण्टाभित्र लगभग दुई हजार मानिसको मृत्यु भएको हो।

यस्तै, बेलायतमा सेन्ट थोमस अस्पतालमा भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनको कामकाज हेरिरहेका विदेशी मन्त्री डोमिनिक रोबले भने, ‘जोनसनको उपचार राम्रो डाक्टरको उच्च निगरानीमा भइरहेको छ। उनी हाल आईसीयुमा छन् तर मलाई उनी चाँडो निको हुने विश्वास छ।’ बेलायतमा हालसम्म ५५ हजार २ सय ४२ जना संक्रमित छन् भने ६ हजार १ सय ५९ व्यक्तिले ज्यान गुमाएका छन्।

यता, इटालीमा एक लाख ३५ हजार ५ सय ८६ कोरोनाको केस पुष्टि भइसकेको इटालीका सिभिल प्रोटेक्शन डिपार्टमेन्टले जनाएको छ। मृत्यु हुने संक्रमितको संख्या १७ हजार १ सय २७ पुगेको छ।

त्यस्तै, फ्रान्समा २४ घन्टाभित्र १ हजार ४ सय १७ संक्रमितको ज्यान गएको छ भने ११ हजार ५९ नयाँ मामला देखिएको छ। इटाली, स्पेन र अमेरिका पछिको कोरोना प्रभावित देश फ्रान्स बनेको छ जहाँ मृत्यु हुने संक्रमितको तथ्यांक १० हजारभन्दा बढी छ।

जापानको कुरा गर्ने हो भने यहाँ अहिलेसम्म ४ हजार ज्यादा व्यक्ति कोरोना सक्रमित छन् भने ९३ संक्रमीतको ज्यान गएको छ। जर्मनीमा संक्रमितको संख्या १ लाख नाघेको छ। जसमा २ हजार १६ संक्रमितके ज्यान गुमाएका छन्।

चीनमा बुधबार कोरोना संक्रमणको ६२ नयाँ केस देखिएको छ जसमा ५२ जना विदेशका रहेका छन्। चीनको राष्ट्रीय स्वास्थ्य आयोगको अनुसार मंगलबार २ संक्हारमितको मृत्यु भएको थियो। सुरुवातमा सबैभन्दा प्रभावित बनेको वुहान अप्रिल ८ बाट लकडाउन हटाइएको छ। अहिलेसम्म चीनमा ८१ ह्जार ८ सय २ संक्रमित छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ