२०८१ पुस १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५ प्रतिशत स्वास्थ्यले किन्ने भनेपछि हामीले टेन्डर खुलाएका हौं : प्रमुख विशेषज्ञ

१५ प्रतिशत स्वास्थ्यले किन्ने भनेपछि हामीले टेन्डर खुलाएका हौं : प्रमुख विशेषज्ञ


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का लागि आवश्यक पर्ने ६० प्रकारका अत्यावश्यक औषधिजन्य उपकरणको खरिदका लागि पाँच दिनको सयम राखेर टेण्डर खुलाएको छ । मन्त्रिपरिषदले सबै कोभिड–१९ का उपकरण खरिदको जिम्मा सेनालाई लगाएको थियो ।

तर, स्वास्थ्य मन्त्रालय र सेनाले संयुक्त रुपमा खरिद गर्ने सामानको सूची बनाएलगत्तै १५ प्रतिशत खरिदका लागि स्वास्थ्यले मंगलबार टेण्डर खुलाएको छ । ‘कुल सामानको १५ प्रतिशत सामान संयुक्त छलफलमा स्वास्थ्यले किन्दा हुन्छ भनेपछि हामीले टेन्डर खुलाएका हौं,’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने ।

नियमित खरिद र देशको आवश्यकताअनुसार १५ प्रतिशत सेनासँगको समन्वयमै किन्न लागेको उनले बताए । स्वास्थ्यले टेण्डरका माध्यमबाट दुई हप्ताभित्र सामान ल्याउने बताएको छ । यता सेनाले तीनदेखि पाँच दिन भित्र जी टु जी मार्फत सामान ल्याउने भनेको उनले बताए ।

सेनाले तयार पारेको ६० प्रकारका औषधिजन्य उपकरणमध्ये १५ प्रतिशत मात्रै स्वास्थ्यले किन्न लागेको हो । संयुक्त सूचीअनुसार स्थानीय सप्लार्यसलाई पनि किन्न दिने र र जिटुजीमा पनि जाने भनेकाले स्वास्थ्यलाई १५ प्रतिशत किन्न दिइएको बताइएको छ । स्वास्थ्यले सेनासँगको सहकार्यमै टेण्डर खुलाएको हो । नेपालभरका लागि आवश्यक पर्ने औषधिजन्य उपकरणको खरिद गर्न सेना र स्वास्थ्य मन्त्रालयले संयुक्त सूची बनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ