२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीले ‘कोभिड-१९’ को विषयमा प्रमाणित भएको बाहेक निजि धारणा व्यक्त गरेमा कारवाही हुने

स्वास्थ्यकर्मीले ‘कोभिड-१९’ को विषयमा प्रमाणित भएको बाहेक निजि धारणा व्यक्त गरेमा कारवाही हुने


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई ‘कोभिड-१९’ को विषयमा प्रमाणित भएको बाहेक निजि धारणा सार्वजनिक नगर्न अपिल गरेको छ। सोमबार मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई विना अनुमति आफ्नो निजि धारणा सार्वजनिक नगर्न भनिएको हो।

व्यक्तिगत धारणा र अनुभवले सामाजिक संजालमा सार्वजनिक गर्दा जनतामा भ्रम सृजना हुने भन्दै मन्त्रालयले विना अनुमति धारणा गर्न रोक लगाएको हो । मन्त्रालय र विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचना मात्रै स्वास्थ्यकर्मीले सार्वजनिक गर्न पाउने मन्त्रालयले बताएको छ। आफ्नो निजि धारणा सार्वजनिक गरेको पाइएमा संक्रामक रोग  ऐन अन्तर्गत कारवाही हुने मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयद्वारा जारी सूचना :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ