२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीको दोस्रो टेष्टमा पनि कोरोना ‘नेगेटिभ’

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीको दोस्रो टेष्टमा पनि कोरोना ‘नेगेटिभ’


काठमाडौं–बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसन मृत्यु भएका ३४ वर्षीय बिरामीको दोस्रो पटक गरिएको स्वाब परीक्षण नतिजामा पनि कोरोना ‘नेगेटिभ’ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार भएको दोस्रो टेष्टमा पनि उनमा कोरोना ‘नेगेटिभ’ देखिएको हो ।

यसअघि आइतबार विहानै स्वास्थ्य तथा जनसंख्या स्रोतले उनको स्वाबको पहिलो टेष्ट ‘नेगेटिभ’ आएको हेल्थ आवाजलाई जानकारी दिएको थियो । मृतक बिरामी उच्च शंकास्पद भएकाले उनको स्वाब दोस्रो पटक परीक्षण गरिएको थियो ।

‘उहाँको दोस्रो परीक्षण रिपोर्टमा पनि कोरोना नेगेटिभ देखियो,’ लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले हेल्थआवाजसँग भने, ‘दुई पटकको परीक्षणबाट कोरोना नेगेटिभ देखिएपछि उनको मृत्यु कोरोनाका कारणले नभएको पुष्टी भयो ।’

अस्पतालको आइसोलेसन वार्डमा चार दिनदेखि उपचार गराइरहेका पाल्पा घर भई रूपन्देहीको सैनामैना नगरपालिकामा बस्दै आएका ती युवकको आइतबार मृत्यु भएको थियो । उनका छिमेकीका अनुसार उनी दुबईमा ट्याक्सी चालक थिए ।

उनी चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए । काठमाडौंबाट बस चढेर चैत ७ गते परिवारको सम्पर्कमा आए । चैत १० गतेदेखि उनलाई ज्वरो र खोकी लाग्न थालेपछि स्थानीयकै सल्लाहमा चैत ११ गते स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए ।

सुरुमा टाइफाइडको औषधि खाए । निको नभएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए । दुबईबाट फर्केका कारण उनलाई कोरोना भएको हुन सक्ने शंका गरिएको थियो ।

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीको पहिलो टेष्टमा कोरोना ‘नेगेटिभ’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ