२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा


काठमाडौं–सरकारले कोभिड १९ विरुद्ध अग्रमोर्चामा रहने स्वास्थ्यकर्मीका लागि २५ लाखको विमा सुविधा दिने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको रोकथाम तथा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई २५ लाखको विमा सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यस्तै, सरकारले चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयंमसेविका तथा सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्यक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि २५ लाख रुपैयाँसम्मको निःशुल्क विमा र क्षतिपूर्ति दिनेछ ।

संसारभर महामारीकै रुपमा फैलिएको कोभिड १९ को उपचारका क्रममा आवश्यक पर्ने उपकरण पनि सरकारले निःशुल्क उपलब्ध गराउनेछ ।

सरकारले निजी स्वास्थ्य सेवा प्रदायकले स्वास्थ्य सेवा सुचारु राख्नुपर्ने, सेवा शुल्कमा चैत मसान्तसमको बिल बमोजिमको रकममा छुट दिने व्यवस्था समेत मिलाउने अर्थमन्त्री डा. खतिवडाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ