२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकसैलाई पनि औषधि, उपचार सामाग्रीबारे अनुमति दिएको छैन : मेडिकल काउन्सिल

कसैलाई पनि औषधि, उपचार सामाग्रीबारे अनुमति दिएको छैन : मेडिकल काउन्सिल


काठमाडौं-नेपाल मेडिकल काउन्सिलले कुनै पनि संघ संस्थालाई औषधि, उपचार उपकरण, उपचार सामाग्रीका लागि अनुमति नदिएको प्रष्ट पारेको छ । शुक्रबार काउन्सिलका प्रवक्ता डा कृष्ण अधिकारीद्धारा जारी गरिएको विज्ञप्तीमा काउन्सिल त्यस्ता विषयको अनुमति दिने निकाय नभएको समेत उल्लेख छ ।

नेपाल मेडिकल काउन्सिल जनताको स्वास्थ्य, औषधिको गुणस्तर, उपकरण, सुरक्षा सामाग्री, उपचार पद्धतिलगायतका विषयमा समवेदनशील रहेपनि यस्ता विषयमा अनुमति नदिएको जनाएको छ ।

‘चिकित्सकहरुबाट प्रदान गरिने उपचार, तिनको गुणस्तर तथा बिरामी र चिकित्सकको सुरक्षाप्रति काउन्सिलको ध्यान विगतमा झै नियमित छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिल औषधि, उपचार उपकरण, उपचार सामाग्रीलगायतका विषयमा संबेदनशील रहँदारहँदै पनि यो विषय काउन्सिलको कार्यक्षेत्र भित्र नपर्ने र कुनैपनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान नगरिएको व्यहोरा अनुरोध छ ।’

उसले सञ्चार माध्यममा आएका व्यक्तिगत सुरक्षा सामाग्री (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) को जाँचपडताल गरी स्वीकृति वा अनुमति दिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘स्थानीय स्रोत साधन उपयोग गरी बनाइएका त्यस्ता सामाग्रीहरु र तिनको उपयोग सह्रानीय भएतापनि उत्पादित बस्तुको गुणस्तर हेर्न तोकिएको निकायले यसको टुंगो लगाउने व्यवस्था भएको स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तीमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ