२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकारागरमा रेडक्रसको काेविड १९ राेकथाम सामाग्री सहयोग

कारागरमा रेडक्रसको काेविड १९ राेकथाम सामाग्री सहयोग


काठमार्डा–बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ । यस अनुसार हिजो केन्द्रीय कारागर र नख्खु कारागरको भ्रमण गरी सामग्रीहरु सहयोग गरिएको छ ।

कारागार व्वस्थापनको अनुरोधमा नेपाल रेडक्रसबाट केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराई र जडान गरिएको हो । केन्द्रीय कारागारमा विरामीहरु भएमा छुट्टै राख्नका लागि बेडहरुको व्यवस्था नभएकोले सो सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए। साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्रहरु बन्दी तथा कर्मचारीहरुलाई वितरण गरिएको थियो ।

दुवै कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरुलाई मास्क लगाउने, नियमित ज्वरो नाप्ने र हात धुनका लागि सावुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती रहेको छ ।

त्यसै गरी कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ ।

पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमण पछि बन्दीहरुलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ