२०८१ भदौ २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभोलिदेखि मुलुक लक डाउन, लक डाउन हुँदा के हुनेछ ?

भोलिदेखि मुलुक लक डाउन, लक डाउन हुँदा के हुनेछ ?


काठमाडौं-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को फैलने सम्भावना देखिएपछि सरकारले मंगलबार ६ बजेदेखि मुलुक लक डाउन गर्ने भएको छ ।

सोमबार बसेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले ११ चैत विहान ६ बजेदेखि १८ चैत विहान ६ बजेसम्म लडकाउन गर्ने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिका सदस्य स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशलाई लकडाउन गर्ने निर्णय भएको बताए । उनकाअनुसार भोलिदेखि अत्यावश्यक सवारी साधनलाई मात्र चलाउन अनुमति दिइनेछ । जसमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दूध र पानीका टंयाकरलगायतका साधनलाई चल्न दिइने छ । यस्तै, सरकारसँग चलाउन अनुमति लिएका केही सवारी साधनलाई पनि चलाउन दिइनेछ ।

यसैगरी, लकडाउनको अवस्थामा आन्तरिक र बाह्य दुवै उडान पूर्ण रुपमा बन्द गरिनेछ । खाद्यान्न र औषधीजन्य पसलबाहेक बजार पनि बन्द रहनेछ । अत्यावश्यक कामबाहेक मानिसहरुलाई बाहिर निस्कन दिइने छैन् ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोर मैला व्यवस्थापनबाहेका सबै कर्मचारीलाई विदा दिइनेछ । यस्तै, औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखाना बन्द हुनेछन् ।

आइतबार दोस्रो कोरोरा केस नेपालमा पुष्टी भएपछि उच्चस्तरीय समितिले लकडाउन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका उच्चस्तरीय समन्वय समितिका निर्णयहरु

१) निर्णयहरु
१) औषधी उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने ।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्ति हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरुबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकताअनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा र्पुयाउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय गर्ने ।

थप दुई निर्णय

१) क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत

२) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजैदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पताललाई जसलाई डेडिकेटेड आइसोलेटेड हस्पिटल हस्पिटलमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाको चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी परिचालन गरी तत्काल सुरु गर्ने । यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय र परराष्ट मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ