काठमाडौं—टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक १९ वर्षीया शंकास्पद विरामीमा कोरोना पोजेटिभ देखिएको छ । टेकुमा उपचाररत ती १९ वर्षीया नेपाली किशोरी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी हुन् ।
४ चैतमा काठमाडौं आइपुगेकी उनलाई शंकास्पद कोरोना लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो । क्ववारेन्टाइनमा राखेर उनको स्वाब परीक्षण गर्दा आइतबार उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए ।
अहिले उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भैरहेको मन्त्री ढकालले बताए । सोमबार मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गरेर मन्त्री ढकालले थप एक जनामा कोरोनामा ‘पोजेटिभ’ देखिएको जानकारी गराएका हुन् ।
मन्त्री ढकालले किशोरीसँगको सम्पर्कमा आएका व्यक्तिलाई पनि क्ववारेन्टाइनमा राखिएको र विमानमा सँगै आएकालाई ट्रयाक गरेर क्वारेन्टाइनमा राखिने समेत बताए ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएको यो दोश्रो केस हो। यसअघि पनि गत माघ १० चीनको वुहानबाट फकिर्एका एक नेपालीमा संक्रमण पुष्टि भएकोथियो। उनी उपचार पछि पुन: स्वस्थ भएर सामान्य जीवन विताईरहेका छन्।