२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुंगटामा कोरोना भाइरस (कोभिड-१९) को पुष्टी भएको छैन : मेयर सरावगी

रुंगटामा कोरोना भाइरस (कोभिड-१९) को पुष्टी भएको छैन : मेयर सरावगी


काठमाडौं-पर्साका व्यापारी शिवकुमार रुगंटामा कोरोना भाइरस (कोभिड-१९) को पुष्टी भैनसकेको वीरगन्ज महानगरपालिकामा मेयर विजय सरावगीले बताएका छन् । मिर्गौला प्रत्यारोपण गरेका रुंगटाको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलमा उपचार भैरहेको उनले बताए ।

सरावगीले रुंगटामा कोरोनासँग मिल्दो लक्षण देखिएपछि घाँटीको स्वाव निकालेर पोलिमेरेज चेन रियाक्सन (पिसिआर)का लागि पठाइएको तर त्यसको नतिजा आइनसकेको बताए । ‘मैले उहाँको भाइ सुरेश रुंगटासँग बुझे, उहाँले शंका लागेर जाँचको प्रक्रियामा रहेको बताउनुभयो,’ हेल्थआवाजसँग टेलिफोन कुराकानीमा उनले भने, ‘पिसिआर रिपोर्ट भोलि विहानसम्म्मा आउने मलाई जानकारी दिनुभयो ।’

रुंगटा भारतमा गएर मिर्गौला प्रत्यारोपण गरी एक हप्ताअघि वीरगन्ज फर्किएका थिए । वीरगन्ज फर्किएलगतै उनमा कडा निमोनिया देखिएको थियो । निमोनिया संक्रमण भएपछि उनलाई परिवारले वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना गरेको थियो । वीरगन्ज हेल्थ केयरमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि ५ दिनअघि उनलाई थप उपचारका लागि भारतको पटना मेडिकल कलेज लगिएको थियो ।

मेडिकल कलेजले कोभिड १९ को जस्तो लक्षण देखिएपछि प्रारम्भिक परीक्षण गरेको थियो । प्रारम्भिक परिक्षणमा कोभिड १९ भए नभएको पुष्टी हुन नसकेपछि थप परिक्षणका लागि महाराष्टको पुना अस्पताल स्वाव पठाइएको वीरगन्ज उद्योग वाणिज्य महासंघका महासचिव माधव राजपालले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ