२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य संस्थालाई चुस्त हुन प्रधानमन्त्रीको निर्देशन, सार्क आकस्मिक कोषमा १० करोड

स्वास्थ्य संस्थालाई चुस्त हुन प्रधानमन्त्रीको निर्देशन, सार्क आकस्मिक कोषमा १० करोड


काठमाडौं—नेपाल सरकारले एक हप्ताअघि दक्षिण एसियाली देशहरुले कोरोना भाइरस (कोभिड—१९) सँग जुध्नका लागि तयार गरेको कोरोना नियन्त्रण सार्क आकस्मिक कोषमा १० करोड सहयोग गर्ने भएको छ ।

देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन् । उनले विश्वमा नै महामारीको रुपमा रहेको कोरोना नेपालमा नदेखिएतापनि सावधानीका लागि सरकार लागिरहेको जानकारी दिए ।

उनले कोरोना रोकथाम र कसैमा देखिएमा उपचारका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए । सरकारले औषधी र अस्पतालको व्यवस्था गरेको बताउँदैं उनले सबै स्वास्थ्य संस्थाहरुलाई चुस्त—दुरुस्त हुन निर्देशन दिएको समेत दावी गरे ।

जनमानसमा कोरोनाका विषयमा त्रास नभई धैर्य गरेर जित्न पनि आग्रह गरे । ‘हल्ला र अफवाहपछि नलापग्नुहोस्,’ उनले भने, ‘शंका लागेमा विज्ञसँग सल्लाह लिनुहोस् ।’

सरफाईमा ध्यान दिन र पटक—पटक हात धुन समेत प्रधानमन्त्रीले सुझाएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ