२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश—१ सरकारले एक साताभित्र ५० शैय्याको आइसुलेसनसहितको अस्पताल बनाउने

प्रदेश—१ सरकारले एक साताभित्र ५० शैय्याको आइसुलेसनसहितको अस्पताल बनाउने


विराटनगर—प्रदेश—१ सरकारले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएका बिरामीलाई राख्ने ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार बसेको बैठकले एक साता भित्रमा ५० शैय्याको अस्पताल बनाउने निर्णय गरेको हो ।

न्यूनतम दश बेडको भेन्टीलेटरसहित ५० शैय्याको अस्पताल विराटनगरस्थित पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा बन्ने सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिए । शुक्रबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री घिमिरे, कोशी अस्पतालको मेसु डा. संगीता मिश्रा, फिजिसियन डा. दिपक सिग्देलसहितको टोलीले अस्पताल बनाउने भवनको स्थलगत निरीक्षण गरेको थियो ।

सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ताभित्र अस्पताल बनाउने तयारीको साथ शनिबारदेखि काम सुरू हुने मन्त्री घिमिरेले जानकारी दिए । नेशनल टे«डिङको भवनलाई अस्पताल बनाउने निर्णय भएपछि शनिबारदेखि सरसफाइ र तयारीको काम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने भएको छ ।

कोरोनाको परिक्षणको लागि विराटनगरस्थित कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नती गरी प्रयोग गरिने भएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ