२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान

औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान


काठमाडौं—नेपाल औषधि उत्पादक संघले औषधि क्षेत्रमा कार्यरत प्रत्येक कर्मचारीको स्वास्थ्यप्रति विशेष संवेदनशिल रहन प्रत्येक औषधि उद्योगलाई आह्वान गरेको छ । विभिन्न स्वास्थ्य केन्द्रमा गई औषधिको सरल आपूर्ति गर्नुपर्ने बाध्यता रहेको औषधि क्षेत्रका कर्मचारीको स्वास्थ्यको विषयमा पनि संवेदनशिल हुन संघले आह्वान गरेको हो ।

बिहिवार विज्ञप्ती जारी गर्दै संघले औषधि क्षेत्रमा कार्यरत कर्मचारीको स्वास्थ्यमा संवेदनशिल हुन जोड दिएको हो । विश्वव्यापी विषम परिस्थितिको रुपमा देखा परेको कोभिड–१९ विरुद्ध सरकारले चालेको सर्तकताको कदमलाई सहयोग गर्दै बजार बिक्री प्रवद्र्धन जाने गरेका कर्मचारीलाई पनि भीडभाडमा नपठाउन समेत विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

यसका साथै संक्रमणबाट बच्ने अत्यावश्यक सामाग्रीको उपलब्ध गराई उनीहरुको स्वास्थ्यको प्रत्याभुती गराउनमा पनि संघले मुख्य जोड दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ