काठमाडौं—नेपाल मेडिकल काउन्सिलले अस्पताल, स्वास्थ्यकर्मीलाई ८ बुँदे निर्देशन जारी गरेको छ । कोरोनाको विश्वव्यापी संक्रमण फैलिएको अवस्थामा बिहिबार काउन्सिलले अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हितको लागि निर्देशन जारी गरेको हो ।
उसले एक सय सैय्याभन्दा माथिका अस्पतालहरुले व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्ट इक्युपमेण्टसहित अलग्गै ज्वरो क्लिनिक सञ्चान गर्न, इलेक्टिभ शल्यक्रिया तथा उपचार विधीहरु क्रमिक रुपमा कम गर्दै उपचारका स्रोतलाई प्रकोपका लागि सुरक्षित गर्दै जाने, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा व्यवस्था मिलाउनेलगायतका ८ बुँदे निर्देशन जारी गरेको छ । त्यस्तै, स्वास्थ्यकर्मीलाई आफै सुरक्षित हुन र अस्पतालमा भीडभाडको वातावरण कम गर्ने सुझाव दिएको छ।
साथै, काउन्सिलले सर्वसाधारणलाई अति आवश्यक सेवा लिनु परेमामात्रै अस्पताल जान अपिल गरेको छ।
हेर्नुहोस नेपाल मेडिकल काउन्सिलके स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हितको लागि जारी गरेको सूचना :
