काठमाडौं—कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सांस्कृतिक, सामाजिक, धार्मिक स्थलमा २५ जना भन्दा बढी भेला हुन् नपाइने निर्णय गरेको छ। बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको ८ औं बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना संक्रमणको उच्च जोखिमलाई मध्य नजर गर्दै सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरेको छ। त्यस्तै, सिनेमा हल, सास्कृतिक केन्द्र रंगशाला, खेल स्थल, जीम, हेल्थ क्लब, स्विमिङ्ग पुल, मनोरन्जन स्थल, डान्सबार जस्ता कल्बहरु आउँदो वैशाख ८ गतेसम्म बन्द हुने भएको छ।
चैत्र ६ गतेबाट संचालन हुन् लागेको एसईई परिक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था हुने भएको छ भने माध्यमिक विद्यालयमा चैत्र मसान्तसम्म विदा हुने जनाइएको छ।
