२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीलाई अझै सशक्त भएर काम गर्न नेपाल स्वास्थ्यकर्मी संघको अपिल

स्वास्थ्यकर्मीलाई अझै सशक्त भएर काम गर्न नेपाल स्वास्थ्यकर्मी संघको अपिल


काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले विकाराल रुप लिएको अवस्थामा देशका विभिन्न क्षेत्रमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई धन्यबाद दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आ-आफ्नो स्थानबाट अझै सशक्त भूमिका खेल्न  तथा जोखिम न्यूनीकरणका उपायहरुलाई ध्यानमा राख्दै कार्यहरु संचालन गर्न अनुरोध गरेको हो।

सबै तहका सरोकारवाला र संघसंस्थालाई तालिम र सुरक्षा उपकरण व्यवस्था गरिदिन संघले माग गरेको छ। साथै हेल्थ डेक्स, स्वास्थ्य परिक्षण गर्ने संस्था, स्वास्थ्य चौकी र अस्पतालमा दिनरात नभनी सेवामा लागिरहेका स्वास्थ्यकर्मीहरुलाई माक्स, स्यानिटाइजर र अन्य आवश्यक सामग्री उपलब्ध गराउन संघले अपिल गरेको छ।

त्यस्तैगरी, संघले स्वास्थ्यकर्मीलाई मर्यादित कार्यस्थल र काम गर्ने वातावरणको व्यवस्था गरिन पनि अनुरोध गरेको छ। ‘कोभिड १९’ को विषयलाई लिएर भ्रामक जानकारी सामाजिक सञ्जालमा नफैलाउन समेत् संघको आग्रह छ। महामारीको उच्च जोखिम भएको वर्तमान परिस्तिथिमा आ-आफ्नो स्थानबाट सकेको सहयोग गर्न जनसमुदायलाई संघले आह्वान गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ