२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बिक्री, ७८ हजार थान मास्कसहित ८ जना पक्राउ

५ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बिक्री, ७८ हजार थान मास्कसहित ८ जना पक्राउ


काठमाडौं—विश्वमा कोभिड—१९ को संक्रमणले महामारीको रुप लिएसँगै मास्कको कालोबजारी सुरु भएको छ । शनिबार दिउँसो प्रहरीले महाकालस्थित मन्जु ट्रेडर्सबाट  मास्क कालोबजारीको आरोपमा बेच्दैं गरेको ७८ हजार थान मास्क बरामद गरेको छ ।

डल्लु आवास क्षेत्रमा रहेको उक्त ट्रेडर्स मिन्टु तामाङले सन्चालन गर्दै आएका थिए । उनले ५ रुपैयाँभन्दा कम पर्ने माक्सलाई ३१ रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनकाअनुसार उनीहरुलाई कालोबजारी ऐनअन्तर्गत कारवाही सिफारिस गरिएको छ ।

प्रहरीले उक्त कालोबजारीमा संलग्न रहेको  आरोपमा  ३० वर्षीय मिन्टु तामाङ, ३५ वर्षीय मानकाजी लामा, २३ वर्षीय अनिष कार्की,  २१ वर्षीया थुमराज उपाध्याय, २५ वर्षीय निर्प कार्की,  २८ वर्षीय उज्वल अधिकारी, २४ वर्षीय शिव खडका , २० वर्षीय निशान तामाङलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ