२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी प्रतिष्ठानको भिसी कक्षमा तालाबन्दी

विपी प्रतिष्ठानको भिसी कक्षमा तालाबन्दी


धरान– जुनियर आवासीय चिकित्सक वेलफेयर सोसाइटीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्याकक्षमा तालाबन्दी गरेका छन् ।

केही दिनअघि प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययनका लागि खुलाइएको विज्ञापनमा अन्यायपूर्ण तरिकाले सिट निर्धारण गरिएको भन्दै प्रतिष्ठान पदाधिकारीहरुलाई ७२ घन्टे अल्टीमेटम दिएका थिए ।

गत सोमवार दिइएको सो अल्टीमेटममा विदेशी विद्यार्थीलाई छुट्याइएको बढी कटौती गरी नेपाली चिकित्सकलाई ग्राहयता दिनुपर्ने उल्लेख थियो ।

७२ घण्टे अल्टीमेटम सकिदा पनि पदाधिकारीहरुले कुनै निर्णय नगरेको हुँदा बाध्य भएर आफूहरुले धर्ना तथा तालाबन्दीमा जानुपरेको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताए । अन्यायपूर्ण तरिकाले बाँडिएको सो सिट संख्याले दीर्घकालीन असर पर्ने हुँदा त्यसमा मौन रहन नसकिने उनको भनाइँ छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ