२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘परिवारको आग्रहमा प्रधानमन्त्रीको डिस्चार्ज सर्यो’

‘परिवारको आग्रहमा प्रधानमन्त्रीको डिस्चार्ज सर्यो’


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आज डिस्चार्ज नहुने भएको छ। उनको स्वास्थ्य अबस्था सामान्य रहेको कारण डिस्चार्ज गर्न तयार रहेता पनि परिवारको आग्रहमा केहि समय अस्पताल मै राखिने चिकित्सकले बताएका हुन्।

हाल प्रम ओली पूर्ण रुपले स्वस्थ्य नभएको कारण निवासमा जाँदा भेटघाट बढ्नुको साथसाथै अन्य कार्यक्रममा पनि सक्रियता बढ्ने सम्भावनाका कारण संक्रमणको जोखिम ज्यादा हुने भएकोले केहि दिन अस्पतालमै राख्न परिवारका सदस्यले आग्रह गरेपछि पछि डिस्चार्ज नगर्ने निर्णय भएको चिकित्सकले बताएका छन्।

प्रधानमन्त्री ओलीको उपचारमा सलंग्न चिकित्सक सार्वजनिक गर्न मगंलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीकी नीजि चिकित्सक प्राडा. दिव्या सिहं शाहले प्रधानमन्त्रीको प्रेसर, सुगर र क्रेटीनियम सामान्य अबस्थामा रहेको जानकारी दिईन। उनले भनिन्, ‘शुरुको एक महिनामा औषधिको डोज बढी हुने कारण प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था निकै नाजुक रहन्छ। १ महिना पछि औषधि घट्दै जान्छ र ६ महिना पनि उहाँ सामान्य अबस्थामा फर्किनु हुनेछ।’

यसको साथै उनले १ महिना अघि नै प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण टिचिङ अस्पताल महाराजगंज मै हुने निर्णय भएको बताईन।

प्रत्याराेपणमा संलग्न चिकित्सक डा. उत्तम शर्माले भने, ‘कसले मृगौला झिक्यो, कसले टास्यो ? भन्ने कुरा भन्दा पनि हामी सबैको मेहेनतले प्रम ओलीको उपचार सफल भएको हो।’ चिकत्सकहरूले विगत ४ महिना देखि नै उपचारको तयारीमा लागेको जनाए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ