२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडब्लुएचओको नयाँ अध्ययनले भन्यो-‘रुघा’ कोभिड १९ को प्रमुख लक्षण होइन

डब्लुएचओको नयाँ अध्ययनले भन्यो-‘रुघा’ कोभिड १९ को प्रमुख लक्षण होइन


काठमाडौं–३२ डिसेम्वर २०१९ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको वुहानमा कोरोनाको नयाँ प्रजातिको भाइरस ‘आउट ब्रेक’ भएको घोषणा ग¥यो । तत्काल त्यसलाई नोवेल कोरोना—२०२० नामाकरण गरियो र पछि गएर त्यसलाई कोभिड १९ नामाकरण दिइएको छ ।

‘आउट ब्रेक’ भएको दुई महिनाको समयमा यो भाइरस सम्बन्धि केही कुरा पत्ता लागेका छन् भने कतिपय कुरा पत्ता लाग्ने चरणमा छन् । तथापि अघिल्लो साता सार्वजनिक गरेको एक अध्ययनलाई भने अहिलेसम्मकै सबैभन्दा ठूलो र आधिकारिक दाबी गरिएको छ । विश्व स्वास्थ्य संगठन र चीन सरकारले संयुक्त रुपमा सो अध्ययन गरेका थिए । उक्त अध्ययनका क्रममा ल्यावमा पुष्टी भएका कोविड—१९ का ५५ हजार ९ सय २४ केसलाइ अध्ययन गरिएको थियो ।

सो अध्ययनमा पत्ता लागेको महत्वपूर्ण विषय भनेको फ्लु (रुघा) कोविड—१९ को प्रमुख लक्षण होइन् भन्ने हो । यसअघि विश्व स्वास्थ्य संगठन र विज्ञहरुले यसको प्रमुख लक्षणमध्ये रुघा लाग्नुलाई पनि मानेका थिए ।

डब्लुएचओका डाइरेक्टर जनरलका प्रमुख सल्लाहकार डा. व्रुस अल्वडले नेतृत्व गरेको सो अध्ययनले कोविड—१९ कोे विषयमा थप बुझ्न नयाँ रणनीति बताउन सहज भएकोे संगठनले उल्लेख गरेको छ । यो अध्ययन गत फ्रेबुअरी १६ देखि २४ सम्म चीनको स्थलगत अध्ययनका आधारमा गरिएको थियो । अध्ययनमा चीन सरकारको तर्फबाट राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख विज्ञ वानियान लियाङ्गले नेतृत्व गरेका थिए ।

अध्ययनपछि तयार गरिएको रिपोर्टमा डा. अल्वर्डले पहिले प्रक्षेपण गरेका भन्दा धेरै फरक कुरा पत्ता लागेको दावी गरेका छन् । चीन सरकार र विश्व स्वास्थ्य संगठनका २५ जना विज्ञले कोभिडबाट सबैभन्दा बढी संक्रमित भएको बुहान.लगायतका अन्य तीन प्रान्तमा ९ दिन खटेर सो अध्ययन गरेका थिए ।

‘रुघा लाग्नु’ कोभिड—१९ को प्रमुख लक्षण होइन

विश्व स्वास्थ्य संगठनले यो अध्ययनपछि भएको सबैभन्दा ठूलो उपलब्धि यसको लक्षण पहिचानलाई लिएको छ । यही अध्ययनपछि नेपालले पनि यसअघि कोविड—१९ सम्बन्धि दिइरहेको सचेतना सूचनामा परिर्वतन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमुख सागर दाहाल बताउँछन् ।

यो अध्ययन हुनु अघिसम्म कोभिड—१९ का लक्षण र प्mलू (रुघा)का लक्षणसँग मिल्ने अनुमान गरिदै आइएको थियो । तर, ५५ हजार ९ सय २४ जना ल्याव प्रमाणित भएका केसको अध्ययन गर्दा नगन्यमा मात्र यो लक्ष्यण देखिएको पाइएको छ । ‘जसलाई पनि रुघा लाग्ने बित्तिकै कोभिड—१९ को त्रास हुन्थ्यो,’ उनले भने, ‘यो अध्ययनले यस्तो त्रासबाट मुक्त हुन सहज गरेको छ ।’

अध्ययनले ल्याव परिक्षणबाट कोविड—१९ निश्चित भएका तथ्यांकलाई केलाउँदा ८७ दशमलव ९ प्रतिशतमा ज्वरो देखिएको थियो । त्यस्तै, ६७ दशमलव ७ प्रतिशतमा सुख्खा खोकी, ३८ प्रतिशतमा आलश्यता, ३३ प्रतिशतमा निमोनिय देखिएको पाइएको उल्लेख छ । १८ प्रतिशतमा श्वास फेर्न गाह्रो हुने, १४ प्रतिशतलाई घाँटी दुख्ने, १३ प्रतिशतलाई टाउको दुख्ने, १५ प्रतिशतमा जिउ दुख्नेजस्ता समस्या देखिएका थिए । नाकबाट सिगान बग्ने ४ प्रतिशतमा मात्र देखाएको अध्ययनमा उल्लेख छ ।

भाइरसको संसर्ग भएको ५ देखि ६ दिन भित्रमा लक्ष्यणहरु देखिने र कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्ने अध्ययनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । निश्चित भएका मध्ये ८० प्रतिशतमा कुनै लक्षण नै नदेखिएको उल्लेख छ ।  १४ प्रतिशतमा निमोनिया भएको पाइएको थियो ।

३ दशमलव ८ प्रतिशत मृत्युदर

अध्ययन गरिएका ५५ हजार ९ सय २४ प्रमाणित केसमध्ये २ हजार १ सय १४ जनाको मृत्यु भएको थियो । जुन मृत्युदर ३ दशमलव ८ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । त्यसो त यो भाइरसबाट ६० वर्ष माथिका मानिसमा बढी प्रभावित भएको पनि अध्ययनमा पाइएको थियो । २ दशमलव ४ प्रतिशत बच्चा (१८ वर्षमूनिका) यो भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ५१ प्रतिशत पुरुष रहेका छन् भने ४९ प्रतिशत महिला रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ