२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा.डा. लोचना श्रेष्ठको अध्यक्षता नेस्कमको दोस्रो कार्यसमिति चयन

प्रा.डा. लोचना श्रेष्ठको अध्यक्षता नेस्कमको दोस्रो कार्यसमिति चयन


काठमाडौं—कम्युनिटी मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरुको संस्था नेप्लिज सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम)को दोस्रो कार्यसमिति गठन भएको छ । प्रा.डा. लोचना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

अध्यक्षमा चयन भएकी प्रा. डा. श्रेष्ठ नेपाली सेना स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत छन् । नयाँ कार्यसमितिमा वरिष्ठ उपाधक्ष्यमा प्रा. डा. अभिनभ बैद्य (काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल), उपाधक्षमा असिस्टेन्ट प्रोफेसर डा. प्रनिलमान सिंह प्रधान (त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल), सचिवमा डा. दिपेश ताम्राकार (काठमाडौं विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस), सह—सचिवमा असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुली (विराट मेडिकल कलेज शिक्षण अस्पताल) र कोषाध्यक्ष्यमा डा. आभा श्रेष्ठ (काठमाडौं विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस) रहेका छन् ।

सदस्यहरुमा डा. दिपक यादव (विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. प्रज्जवल प्याकुरेल (विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. पुष्पान्जली अधिकारी (काठमाडौं विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस), डा. गम्भीर श्रेष्ठ (विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल), डा. मोना शर्मा (नेपाल सीआरएस कम्पनी), डा. निश्चल ढकाल (नेपाल मेडिकल कलेज शिक्षण अस्पताल) र डा. लिला पौडेल (नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान) रहेका छन् । यसैगरि निवर्तमान अध्क्षयमा प्रा. डा. निलाम्बर झा (विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान) रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ