२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ प्रसार रोक्न डब्ल्यूएचओले दक्षिण पूर्वी एसियामा तयारी थाल्यो, संक्रमण रोक्न १० महत्वपूर्ण सुझाव

कोभिड—१९ प्रसार रोक्न डब्ल्यूएचओले दक्षिण पूर्वी एसियामा तयारी थाल्यो, संक्रमण रोक्न १० महत्वपूर्ण सुझाव


काठमाडौं—भारत, इन्डोनेसिया र थाइल्याण्डमा कोभिड—१९ संक्रमणका नयाँ घटना पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनले दक्षिण—पूर्वी एसिया क्षेत्रका देशहरूलाई सतर्कता अपनाउन र शीघ्र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ ।

‘कोरोना भाइरसको जोखिम विश्वभर नै फैलिइरहेको छ । अझै धेरै फैलने आशंका छ, त्यसकारण चाडो यस्ता केसलाई पहिचान गरी रोकथाम गर्नुपर्दछ । प्रारम्भिक रोकथामका उपायहरूले प्रसारण रोक्न मद्धत पु¥याउँछ,’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण—पूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा.पूनम खेत्रपाल सिंहले भनिन् ।

यस क्षेत्रका ११ देशमध्ये ५ देशमा कोभिडको केस पुष्टी भएको छ । थाइल्याण्डमा ४३, भारतमा २, इन्डोनेसिया २ र श्रीलंका र नेपामा १ जनामा कोरोना पुष्टि भएको छ ।

‘नयाँ कोरोना भाइरसको जोखिम विश्वभर र दक्षिण—पूर्वी एशिया क्षेत्रमा धेरै छ । अधिक केसहरू अपेक्षित गर्न सकिन्छ । चाँडो यी केसहरू पहिचान गर्न, तिनीहरूलाई अलग राख्नु र तिनीहरूको सम्पर्कहरू अनुसरण गर्नुजस्ता महत्वपूर्ण कदमले प्रसारमा रोक ल्याउन सहयोग पु¥याउन सक्छ । हाम्रो प्रतिक्रियाको गति गम्भीर छ, जुन हामी तयार छौं भने मात्र सम्भव छ,’ क्षेत्रीय निर्देशकले खेत्रपालले भनिन् ।

उनले यसबाट जोगिन देशको तयारीको लागि तीन प्राथमिकताहरू अगाडि बढाएको उल्लेख गरिन् । उनले भनिन्, ‘स्वास्थ्यकर्मीहरूको सुरक्षा, समुदायहरूसँग संलग्नता र उनीहरूलाई समयमै र सही जानकारीको सशक्तिकरणले उनीहरूलाई सुरक्षात्मक कदमहरू चाँडो चाल्न, अझै विशेष गरी उच्च जोखिममा रहेका र सबैभन्दा कमजोर देशहरूमा महामारीहरू फैलन नदिन सक्दो प्रयास गरिरहेका छौं ।’

उनले उच्च जोखिम भएको देशहरुको शीर्ष प्राथमिकतामा समुदायमा देखिने पहिलो केसको पहिचान गरी उपचारमा तयार रहनुपर्ने र सुरुमै लक्षण पत्ता लागेमा महामारी फैलन रोक्न सकिने उल्लेख गरे । सिंहले भनिन्, ‘मानिसले आफूलाई बचाउन र भाइरसको फैलावट रोक्न हात स्वच्छता अभ्यास गर्ने, खोकी र हाँच्छ्यु आउँदा ढाक्ने र बिरामी र आफूबीच दुरी राख्नुपर्ने हुन्छ ।’

भाइरसले हल्का, फ्लूजस्तो लक्षणका साथै थप गम्भीर रोग निम्त्याउन सक्छ । बिरामीहरुमा ज्वरो, खोकी, र श्वास फेर्न समस्या हुने जस्ता लक्षणहरु देखा परेका छन् । हालसम्मको तथ्यांकअनुसार विश्वव्यापी ८१ प्रतिशत केसमा सामान्य रोग लाग्ने देखिन्छ, लगभग १४ प्रतिशतको स्वास्थ्यमा सुधार देखिएको छ भने ५ प्रतिशत गम्भीर अबस्थामा छन् ।

डब्ल्यूएचओ दक्षिण—पूर्वी एशिया क्षेत्रमा तत्परता र क्षमताको रेखा बताउँदै डा. सिंहले डब्ल्यूएचओले अन्य साझेदार संगठनसँगको समन्वयमा देशलाई पूर्व तयारीको योजनामा सहयोग गरिरहेको छ । अद्यावधिक ग्लोबल दिशानिर्देशनहरू अनुसार सबै सदस्य राष्ट्रहरूले यो रोगको रोकथाम गर्न र उनीहरूको नागरिकलाई संरक्षण गर्न विभिन्न उपायहरूबारे प्रस्तुत गरेका छन् ।

११ देशमध्ये ९ देशमा अहिले कोभिड १९ को परीक्षण क्षमता रहेको छ । डब्ल्यूएचओले प्रयोगशालाको लागि आवश्यक देशहरुलाई सहयोग गर्दैछ । परीक्षण गर्न असमर्थ देशहरूका लागि डब्ल्यूएचओले विश्वव्यापी रेफरल प्रयोगशालाहरूमा उनीहरूको नमूनाहरू पठाई सहयोग गरिरहेको छ । क्याप, गग्गल, सर्जिकल मास्क, ग्लोभ्स गाउन आदिजस्ता निजी सुरक्षात्मक उपकरणहरू सदस्य राष्ट्रहरूलाई आपूर्ति गराइएको छ र झन्डै २ लाखभन्दा बढी पिस वितरण गरिएको छ ।

डब्ल्यूएचओले महत्वपूर्ण क्षेत्रहरूमा निगरानी, प्रयोगशालामा परीक्षण, केसहरूको क्लिनिकल व्यवस्थापन, संक्रमण रोकथाम र नियन्त्रण, रोगलाई समुदायमा सञ्चार गर्ने जस्ता वेब प्रशिक्षणहरू सञ्चालन गरिरहेको छ । विश्वव्यापी रूपमा, डब्ल्यूएचओले डाटाको विश्लेषण गर्दैछ, जसमा थप जानकारी आउँदछ । जोखिम कारक र संक्रमणको स्रोतलाई राम्रोसँग बुझ्न विश्वव्यापी विज्ञहरूसँग नजिकबाट काम गर्दैछ ।

डब्लुएचओले कोरोना संक्रमण रोक्न दिएका १० उपाय

१ हातहरू नियमित रुपमा साबुन र पानीले धुनुहोस्।
२. नियमित रूपमा कीटाणुनाशकको साथ घर, किचेन, बेञ्च र वर्क डेस्क सफा गर्नुहोस् ।
३. कोरोना संक्रमणबारेमा आफूलाई शिक्षित गर्नुहोस् । विश्वसनीय स्रोतहरूबाट मात्रै भाइरसबारे जानकारी लिनुहोस् ।
४.यदि तपाईंलाई ज्वरो वा खोकी छ भने यात्रा नगर्नुहोस् । यदि तपाईं उडानमा बिरामी पर्नुभयो भने चालक दललाई तुरुन्त खबर गर्नुहोस् ।
५. खोकी र खकार आउँदा टिस्यु पेपरको प्रयोग गर्नुहोस् । र त्यसपछि तपाईंको हातहरू सफा गर्नुहोस् ।
६. यदि तपाईं ६० वर्षभन्दा बढी उमेरको भएमा भिडभाड क्षेत्रहरूबाट बच्न थप सावधानी अपनाउनुहोस् ।
७. यदि तपाईं अस्वस्थ महसुस गर्नुहुन्छ भने घरमा बस्नुहोस् र तपाईंको डाक्टर वा स्थानीय स्वास्थ्य पेशेवरलाई कल गर्नुहोस् ।
८. यदि तपाई बिरामी हुनुहुन्छ भने घरमा बस्नुहोस् र परिवारबाट अलग सुत्नुहोस् ।
९. यदि तपाईंलाई श्वास फेर्न कठिन भएको छ भने डाक्टरलाई तुरुन्त सम्पर्क गर्नुहोस् ।
१०. यस्तो बेला डर लाग्ने समस्या हुन् सक्छ जुन सामान्य हो । विशेष गरी यदि तपाईं प्रभावित भएको देशमा बस्नुहुन्छ भने के गर्न सक्नुहुन्छ भन्ने पत्ता लगाउनुहोस् । तपाईको समुदाय तपाईंको कार्यस्थल, स्कूलमा कसरी सुरक्षित रहन सकिन्छ, छलफल गर्नुहोस् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ