शिक्षा मन्त्रालयद्वारा १ देखि ९ सम्मको परीक्षा ५ चैत्रभित्रै सक्न निर्देशन

काठमाडौं—संसाभर कोरोना भाइरस (कोभिड—१९) को संक्रमण ब्यापक बन्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैत्रभित्र सम्पन्न गरिसक्न भनेको छ ।
मंगलबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा यथाशीघ्र सुरु गर्न निर्देशन दिएको हो । साथै मन्त्रालयले जनेभलालगायतका कुनै पनि काम नगर्न पनि भनेको छ ।
‘विश्वभर कोरोना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रास बढ्दैं गएको सन्दर्भमा आवश्यक सर्तकता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न गराउन तथा विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरु आयोजना नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आव्हान गर्दछ,’ मन्त्रालयका उपसचिवले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ ।
धेरै पढिएका
- १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए
- ३ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’
- ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी
- ७ छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग
तपाईको प्रतिक्रिया दिनुहोस