२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा

कोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा


काठमाडौं– कोरिया र चीनबाट आएका ५ जना व्यक्तिमा कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरियाबाट आएका ४ जना नेपालीमा रूघाखोकी र ज्वरोको देखिएको र चीनबाट आएका एक चिनियाँ नागरिकलाई सामान्य ज्वरो आएको कारण कोरोनाको आशंका गर्दै आइसोलेशन वार्डमा राखिएको हो।

कोरोना प्रभावित ठाउँबाट आएको हुनाले उनीहरुलाई हालै आइसोलेसनमा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेब पाण्डेले बताएका छन्।

उनको अनुसार, पाँच जना मध्य ४ जना पहिले नै अस्पतालमा जाँच गराउन आएका थिए। उनीहरुको  कोरोना भाइरसको परीक्षणका लागि नमुना स्वास्थ्य प्रयोगशाला पठाईको छ। आज चीनबाट नेपाल ल्याई खरिपाटीस्थित राखिएको नेपालीहरुको रिपोर्ट परिक्षण भईरहेको हुँदा उक्त ४ जनाको रिपोर्ट मंगलबारसम्म आउने सम्भावना रहेको महाशाखाका निर्देशक पाण्डेको भनाई छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ