प्राविधिक नराख्ने फार्मेसी बन्द, संचालक पक्राउ

विराटनगर—विराटनगर– ९ स्थित आँगन फार्मेसीमा प्राविधिक नराखि औषधी पसल संचालक गर्ने संचालकलाई पक्राउ परेका छन् । आँगन फार्मेसीका संचालक जयकुमार पुलामी मगरलाई औषधी व्यवस्था विभाग विराटनगरले आइतबार पक्राउ गरेको हो ।
विभागमा औषधी पसल दर्ता भएपनि प्राविधिक नराखि औषधी विक्री वितरण हुने गरेको पाइएपछि संचालकलाई नियन्त्रणमा लिएका नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्काले जानकारी दिए ।
फार्मेसी संचालनमा ल्याउँदा अनिवार्य औषधी सल्लाकार समितिबाट ३ महिनाको ‘ओरेनटेशन’ तालिम लिएको वा फार्मेसीमा ३ वर्ष डिप्लोमा गरेको प्राविधिक हुनुपर्ने व्यवस्था रहेको छ ।
तर, विभागले आइतबार गरिएको अनुगमनको क्रममा आँगन फार्मेसीले प्राविधिक नराखी औषधी पसल संचालन गरेको पाइएपछि फार्मेसी बन्द गरी संचालकलाई नियन्त्रणमा लिएको हो । संचालक मगरलाई जिल्ला प्रहरी कार्यालय मोरङको इरासतमा राखी अनुसन्धान सुरू गरिएको औषधी व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए ।
पक्राउ परेका खड्का र म्यात सकिएको औषधी बरामद भएको फार्मेसी संचालकको बयान लिएपछि औषधी ऐन २०३५ बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने कार्यालय प्रमुख खड्काले बताए ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ४ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
- ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
तपाईको प्रतिक्रिया दिनुहोस