२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभक्तपुरको क्वारेन्टाइनलाई केहि समयको लागि अस्थाई आइसोलेशनकै रुपमा राखिने

भक्तपुरको क्वारेन्टाइनलाई केहि समयको लागि अस्थाई आइसोलेशनकै रुपमा राखिने


काठमाडौं – भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई केहि समयको लागि अस्थाई आईसोलेशनकै रुपमा संरक्षण गरी राखिने तयारी सरकारले गरेको छ। उक्त क्वारेन्टाइनमा राखिएका १ सय ७५ नेपालीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएर बाहिर गएता पनि कोरोना संक्रमणको सम्भावित अवस्थालाई मध्यनजर गर्दै उक्त ठाउँलाई यथास्थितिमै संरक्षण गरी राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जनाएका छन्।

क्वारेन्टाइनमा राखिएका नेपालीको आइतबार स्वास्थ्य जाँचको नमुना ल्याब परिक्षणको लागि पठाईएको छ। उनीहरुको रिपोर्ट बेलुकीसम्म आउने स्रोतले जनाएको छ।

चीनमा कोरोना संक्रमण बढेपछि करिब दुई साता अघि नेपाल-चीनको सहकार्यमा त्यहाँबाट उद्दार गरी ल्याइएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनको व्यवस्था गरि राखिएको थियो। हालसम्म उनीहरु मध्य कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ